विष्णुप्रसाद पोखरेल

दमक/नेपालको एक सन्तको रुपमा भारत सहित विश्वमा परिचित रहेकी महामण्डलेश्वर हेमानन्द गिरी हिन्दुहरुको सबैभन्दा ठूलो पदवी शंकराचार्यका लागि दाबेदारीमा पर्नु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतमा भइरहेको धार्मिक गुरुहरुको बिशेससभामा यस बिषयमा बिमर्सहरु भइरहेको बताइन्छ । महामण्डेलेश्वर गिरी मोरंग पथरीकी बासिन्दा हुन् । उनी भारतका बिभिन्न आश्रमहरुमा समेत लामो समय बसेकी थिइन् ।

धार्मिक गुरु एवं ज्योतिष चक्रपाणि गौतमका अनुसार यो नेपालका लागि नै गर्वको बिषय हो । उहाँ भन्नुहुन्छ-आदि शंकराचार्यले हिन्दुत्व रक्षाका लागि भारतका चार स्थानमा चार मठहरु स्थापना गरे । यी चार स्थानको समुचित संचालन र रक्षाका लागि विभिन्न अखाडाहरु पनि बनाईए यी अखाडामा विभिन्न दशनामी सन्यासीहरु तयार भए र ती विद्वान संन्यासीहरुको सहमतीमा प्रमुख चार मठमा शंकराचार्यको चयन हुन्छ ।

उहाँका अनुसार यो चयन प्रक्रिया निक्कै जटील मानिन्छ । प्रमुख चार स्थल मध्ये भारतको उत्तराखण्डको ज्योतिर्मठको शंकराचार्यका लागि नेपालकी साध्वी हेमानन्द गिरी आफ्नो दावेदारी  पेस गरेपछि समर्थन बढेको पाइएको छ । यो शंकराचार्य परम्परामा सबै भन्दा पहिलो र हिन्दु धर्ममा सबै भन्दा आश्चर्य जनक रुपमा हेरिएको छ ।

यसका लागि तोकिएका हरेक मापदण्डहरुमा गिरी पर्नु भएको छ । यसले गर्दा अहिले उहाँको दाबेदारीले ठूलो बहस निस्किएको बताइन्छ । यदि गिरीले यो पदवी पाएको अवस्थामा यो पदवी पाउने पहिलो विश्वको महिला बन्नेछिन् ।

विश्वमा यस प्रकारका धार्मिक ब्याक्तित्वहरुको बिशेष पहिचान र सम्मान समेत हुने गरेको पाइन्छ । शकरचार्य पदवी पाएकाहरुलाइ भारतमा राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मले सम्मान गर्दछन् ।

उहाँको वास्तविक नाम हेमा ढुंगाना हो । आफ्नो नामले भन्दा पनि अनन्त श्री विभुषित महामण्डलेश्वर श्वामी हेमानन्द गिरी महाराजका नामले चर्चित हुनुहुन्छ । उहाँका अनुसार यो सन्यासीहरुले पाउने आर्चाय गुरु पद हो, जुन पाउनेमा उहाँ नेपालकै एकमात्र महिला हुनुहुन्छ ।

ध्यान र योगाको प्रशिक्षक हुँदै उहाँ पतञ्जली योग महिला राष्ट्रिय अध्यक्ष पनि बन्नुभयो । उहाँ एक गायिकाको रुपमा पनि चिनिनुहुन्छ ।