काठमाण्डौं । गत शुक्रवार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवार लाजिम्पाटबाट ललितपुरको खुमलटार डेरा सर्ने तरखरमा थियो ।
छोरीहरु, नातिनी, भतिज, सुरक्षा निकाय र प्रचण्डका सचिवालय सदस्यलाई समान सार्न भ्याईनभ्याई थियो । दुई ट्क समान ओसारी सकिएको थियो । प्रचण्ड पत्नी पत्नी सिता दाहाल छोरी, नातिनीसँग धमाधम समान मिलाउँदै थिइन् ।
छोरा प्रकाश दाहालको निधन भएको तेह्रौ अघि नै उनका सवै सरसमान लाजिम्पाटबाट हटाइ सकिएको थियो । प्रकाशले प्रयोग गर्ने कुनै समान घरमा भेटियो की प्रचण्ड पत्नी सिता दाहाल मुर्छा परि हाल्थिन, त्यसैले पनि प्रकाशलाई संझाउने उनका कुनै समान लाजिम्पाटमा थिएन ।
तर, समान सार्ने क्रममा प्रकाशको बच्चाको समयमा खिचिएको एउटा ब्ल्याकेन ह्रवाइट फोटो भेटियो तब पुत्र वियोगबाट विक्षिप्त प्रचण्ड पत्नी सिता दाहाल मुर्छा परिन र वेहोस नै भइन् । त्यसपछि त्यस दिनभर प्रचण्ड निवास शोकमा डुब्यो । त्यहि कारणले उनी झण्डै एक हप्ता विरामी परिन् । छलफल डट कममा खबर रहेको छ।
त्यसदिन नै प्रकाशको झझल्को आउने कुनै पनि समान खोजी खोजी प्रचण्ड निवासबाट हटाईयो । प्रकाशको निधनका कारण ‘प्रचण्ड पत्नी सीता अझै पूर्णरुपमा सम्हालिन सकेकी छैनन्। उनलाई सम्हाल्न प्रचण्डले हदै प्रयास गरिरहेका छन् ।
छोरा प्रकाशको निधनपछि उनले पत्नी सितालाई छिनभर छोडेका छैनन् । चुनाव सकिएलगत्तै चितवनको पर्यटकीय स्थल पटिहानी पुर्याए। काठमाडौं फर्केपछि पनि उनले बुधबार सीतालाई घुमाउन काभ्रेको धुलिखेल पुर्याए।
र, पत्नी सीतालाई त्यहाँको भट्टे डाँडास्थित स्याउ बगैंचा घुमाए। नाति नातिनीसँगै धुलिखेल पुगेका प्रचण्ड बगैंचामा बसेर पत्नी सीतासँग फोटो पनि खिचाए। प्रचण्डले जति नै प्रयास गरेपनि प्रचण्ड पत्नी सिता सम्हालिन सकिनरहेको आफन्त बताउँछन् ।









