काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको नतिजा बिहीबार साँझसम्म सार्वजनिक गर्ने भएको छ।

आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको नतिजा घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘आज बेलुका सम्ममा नतिजा सार्वजनिक हुन्छ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश सभाका कुल ५५० सिट मध्ये २२० सिट समानुपातिक प्रणालीबाट छनौट हुनेछ भने प्रत्यक्ष तर्फको ३३० सिटको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ।

समानुपातिकबाट प्रदेश १ मा ३७ सिट, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ जना प्रदेशसभा सदस्य चयन हुने छन्।

प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा पनि छिटै सार्वजनिक गर्ने आयोगले जनाएको छ। प्रतिनिधि सभातर्फ समानुपातिकबाट ११० जना सांसद चयन हुने छन्। प्रदेश सभातर्फको नतिजा नआउँदा राष्ट्रिय सभा गठनमा समेत ढिलाई भइरहेको छ।