काठमाडौं । समानुपातिक तर्फ ४१ सिट पाएको एमालेबाट ३९ महिला र दुई पुरुष सांसद बन्ने भएका छन् । एमालेबाट पहिलो पटक रामकुमारी झाँक्री र नविना लामा सांसद बन्ने भएका छन् ।

एमाले केन्द्रीय सदस्य समेत रहेकी झाँक्री एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी पूर्व अध्यक्ष हुन् भने नविना अनेरास्ववियुकी अध्यक्ष हुन्। दुवै नेतृ एमालेको समानुपातिक सूचिमा परेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झाँकी अनेरास्ववियुकी पहिलो महिला अध्यक्ष हुन्। अनेरास्ववियुकी दोस्रो महिला अध्यक्ष नविना भने झाँकी भन्दा भाग्यमानी ठहरिएकी छिन्। जो अध्यक्ष भएकै बेला सांसद् बन्दै छिन्।