मुगाधन कृष्णकुमारी राई स्मृति ट्रष्टले शारीरिक रुपमा अशक्त एकजनालाई ह्वीलचेयर प्रदान गरेको छ ।
लामो समयदेखि स्पाईनल कर्डमा समस्या भएर हिँडडुल गर्न नसक्ने दमक वडा नम्बर ३ का ५५ वर्षीय मेच्यालाल धिमाललाई प्रतिष्ठानले ह्वीलचेयर प्रदान गरेको हो ।
प्रतिष्ठानको सामाजिक सेवाको कार्य अन्तरगत धिमाललाई ह्वीलचेयर प्रदान गरेको प्रतिष्ठानका सचिव पर्शुराम रिजालले जानकारी दिए ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष महेन्द्राकुमारी लिम्बूले अशक्त धिमालको उपचारका लागि कुनै पनि हस्पिटल लैजान परे प्रतिष्ठानको एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने घोषणा गरिन् ।
प्रतिष्ठानका संरक्षक विजय सुब्बाले बिरामीलाई पोषक खाना खरिद गर्न ५ हजार रुपैयाँ प्रदान गरे ।
प्रतिष्ठान अध्यक्ष सुब्बा, कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारी र प्रतिष्ठानका संस्थापक सदस्य रोहित राईलगायतले धिमाललाई ह्वीलचेयर हस्तान्तरण गरेका हुन् ।










