झापाको दमकमा फेरी यौन ब्यवसाय फस्टाउन शुरु गरेको पाइएको छ । साँझमा खुलमखुल्ला रुपमा यौन ब्यवसायीहरु बिभिन्न ठाँउमा मोलमलाइ गरिरहेको अवस्थामा भेटिने गरेकाछन् भने दिनको समयमा कल गर्लको रुपमा काम गर्ने गरेको बताइन्छ ।

प्रहरीले दमक चोकका होटलहरुमा निगरानी राख्न थालेपछि अलि टाढा रहेका र प्रहरीको कम पहुँच पुग्ने होटलहरुमा घण्टे अर्थात केहि क्षण कोठामा लिएर यौन कृयाकलाप गर्ने ब्यवसाय फस्टाउदै गएको पाइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यौन व्यवसायमा संलग्न र संलग्न गराउनेहरुले समेत प्रहरीले शंका नगर्ने स्थानहरुको छनौट गर्न थालेको पाईएको छ । बुधबार एक सामान्य छाप्रे होटलबाट प्रहरीले ४ जनालाइ पक्राउ गरेको थियो । २ जना पुरुष भने फरार रहेको बताइन्छ ।

घरमै होटल तथा लज चलाउने र भाडामा बसेको तथा आफै बसेको जस्तो कोठा बनाएर समेत केहि होटलहरुमा घण्टे यौन ब्यवसाय सञ्चालन हुँदै आएको श्रोतको भनाइ रहेको छ ।

ग्यास सिलिण्डर, लगायत कोठामा नियमित बस्ने जस्तो बनाएर सामानहरु राख्ने गरेर घरहरु भाडामा लिएर नै दमकमा यौन ब्यवसाय गर्ने प्रवृती बढेको जनाइदै आएको छ ।

प्रहरी श्रोतका अनुसार सूचनाका आधारमा प्रहरीले यस्तो ब्यवसाय गर्ने जो कोहिलाइ पनि पक्राउ गर्ने छ । प्रहरीलाइ छक्याउनका लागि नयाँ नयाँ उपाय अपनाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।