प्रधानमन्त्री शेरबहादुर देउवाले आज ११ बजे आह्वान गरेको राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक यतिबेला सम्पन्न भएको छ । तर, वैठक वाट निष्कर्ष भने केहि पनि निक्लन सकेन  ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषयमा छलफल भएपनि कुनै सहमति नभएको कुरा कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले तत्काल अध्यादेश स्विकृत गर्नुपर्ने धारणा राखेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको भनाईमाथि प्रतिकार गर्दै आफूहरु उक्त अध्यादेश नमान्ने चेतावनी दिए । उनको भनाई उद्धृत गर्दै नेता निधिले भने,‘प्रधानमन्त्रीले आफू सरकार छोड्न तयार रहेको धारणा राख्नुभयो, तर उहाँले राष्ट्रपतिले अध्यादेश स्विकृत गर्नुपर्ने बताउनुभयो।’

बैठकमा सहभागी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुले पनि राष्ट्रपतिले तत्काल अध्यादेश स्विकृत गर्नुपर्ने धारणा राखेको निधिले जनाए । उनका अनुसार राजपाका अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि एकल संक्रमणीय व्यवस्थाको पक्षमा रहेका छन् ।

तर बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने मध्यमार्गी बाटो अपनाउँदै सम्वादलाई जारी राख्नुपर्ने धारणा राखे ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी बनेका छन् । बैठकमा यिनै दलहरूका शीर्ष नेताहरू सहभागी छन् ।

यसरी जनताले आशा बोकेका नेताहरुले आजको वैठकबाट निकाशा दिन नसक्नुलाई कुन रुपमा हेर्नु ?