काठमाडौं, ७ पुस । राष्ट्रिय सभासम्बन्धी अध्यादेशबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानबाट लचिलो बनेको खबर बाहिर आएको छ ।

राष्ट्रियसभाको प्रतिनिधित्व प्रणालीमा एकलसंक्रमणीय लागू हुने/नहुने विषयमा पनि दलबीच मतान्तर रहेको थियो । तर, यतिबेला ओलीले अब एकलसंक्रमणीय प्रणालीमा नै जान सकिनेबारे लचकता प्रस्तुत गरेको स्रोतको दाबी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि ओलीले ताजा जनादेशअनुसार सरकार गठनमा कुनैपनि हालतमा अवरोध नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्दै आएका थिए । तर, कांग्रेसले कुनैपनि हालतमा बहुमतीय प्रणालीमा जान नसकिने अडान पटक पटक दोहोर्याएपछि वाम गठबन्धनका नेताद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड लाई सरकार गठन गर्न अप्ठेरो परेको थियो  ।

ओली र प्रचण्डले अब सरकार गठनमा ढिलाई गर्न नहुने निश्कर्ष निकाल्दै त्यसको लागि कांग्रेससँग लचकता अपनाउने तयारी गरेको स्रोतको दाबी छ ।

आज विहान प्रधानमन्त्री देउवाले डाकेको ५ दलको बैठकमा समेत यसबारेमा सहमति खोज्ने प्रयास भएको थियो । तर, नेताहरुवीच मतान्तर कायमै रहेकोले सहमति हुन सकेको थिएन ।

आजको बैठकमा ओलीले राष्ट्रियसभा गठनमा कुनैपनि हालतमा एकलसंक्रमणीय प्रणालीमा जान नसकिने अडान राखेका थिए ।

संविधान, कानुन, जनादेश र दलहरुबीचको सहमतिबाटै अगाडि बढ्ने प्रतिबद्धता भने दलहरुले जनाएका थिए ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेसको लाईनमा महन्थ ठाकुर र उपेन्द्र यादव पनि उभिएका थिए । यसरी मधेशवादी दलहरु समेत काँग्रेसकै लाइनमा उभिएर एमाले र माओवादी लाई थप तनाव थपिदिएका थिए ।