अबको तीन साताभित्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । पहिला सरकार बन्ने र लगत्तै एमाले र माओवादी केन्द्रको पार्टी एकता हुने भएको हो ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने खुलासा गरेका हुन् । ओलीको नेतृत्वमा बन्ने सरकारमा प्रभावशाली मन्त्री बन्ने लाइनमा रहेका महराले शुक्रबार दाङमा आयोजित पत्रकार सम्मेलनमा सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने भन्दै महराले आयोगले समानुपातिक सिट घोषणाको समेत अन्तिम तयारी गरेकाले तीन हप्ताभित्रै सरकार गठन भइसक्ने दावी गरे ।

‘कुनै अबरोधले भूमिका खेलेन भने अबको तीन हप्तामा नयाँ सरकार बन्छ,’ महराले भने, ‘नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्य भए पुग्छ ।’

यहि महराको भनाइलाई आधार मान्ने हो भने अबको तिन हप्ता भित्रमा हामीले ओलीको सरकार देख्न पाउने छौं  ।