सहबान अन्सारी / नवलपरासीको सुस्ता गाऊपालिका वडा नं .५ पक्लिहवामा वडा स्तरिय महिला भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ। राष्ट्रकोलागी खेलकुद तथा स्वास्थ्यको लागी खेलकुद जस्तो नारा सहितको प्रतियोगीता संवाद किशोर किशोरी संजाल पक्लिहवाको आयोजना तथा( ए..बी.सी.) नेपालको सहयोगमा भएको प्रतियोगीताको ऊद्घघाटन दिपेन्द्र मा.वि.का प्रधानाध्यापक संजय कुश्वाहाले गर्नु भएको थियो।
किशोरीहरुको क्षमता,विकाश,अविबृदि तथा खेल प्रति रुची बढाऊनका लागी सो प्रतियोगीता गरिएको संस्थाका सी.बि.यम.संजीत शर्माले जानकारी दिनु भयो।
भलिबल प्रतियोगीतामा दिपक मा.वि.का किशोरीहरुले प्रथम स्थान हासील गरेका थिए ! बि.पी.मा.बि.का किशोरीहरुले दितृीय र दिपेन्द्र नि.मा.वि. ले तितृय स्थान हासील गरेका थिए ।
प्रतियोगीतामा विजेता टिमका खेलाडीहरुलाई मेडल र कापी प्रदान गरिएको थियो।










