काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा तर्फ सोचेअनुरुपको मतपरिणाम नआएपछि नेपाली काँग्रेसभित्र गुट उपगुटका गोप्य बैठक भइरहेका छन्।

एक पक्षले पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु पर्नेबारे अभियान चलाएका छन् भने अर्को तर्फीले हारको दोष एकतर्फ रुपमा देउवालाई मात्रै थोपरेको भन्दै युवापुस्ताको उक्त अभियानलाई काउन्टर दिन सुरु गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही दिनअघि मात्रै नेपाली काँग्रेसका युवा नेता गगन थापा र प्रदिप पौडेलको नेतृत्वमा बसेको बैठकले वर्तमान चुनावमा भोग्नु परेको पराजयको जिम्मेवारी लिर्दै पार्टी सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाएका थिए। उनीहरुले संगठनलाई चुस्त पार्न पार्टीभित्र सुद्धिकरण हुनुपर्नेमा जोड दिएका थिए।

देउवा सरकारको विकल्प खोज्द भन्दै बुधबार बसेको उक्त बैठकमा थापा र पौडेलसहित, चन्द्र भण्डारी, धनराज गुरुसहित १७ जना युवा नेता सहभागी भएका थिए। युवा नेताहरुले सार्वजनिक रुपमा पनि पुरानो नेतृत्वको विकल्प खाजेर पार्टीलाई निकास दिन नयाँ पुस्तालाई नृतृत्व हस्तान्तरण गर्नु पर्ने आवाज उठाउदै आएका छन्।

नयाँ पुस्ताले यस्तो आवाज उठाउन थालेपछि देउवाको बचाउ गर्दै देउवा निकट नेताहरुको शुक्रबार गोप्य बैठक राखेका थिए। नयाँ वानेश्वरस्थित आनन्द ईभेन्टस्मा शुक्रबार बसेको बैठकमा चुनावमा हारजितको समिक्षा गर्नु पर्ने बेलामा एकतर्फी रुपमा सभापति देउवाविरुद्ध खनिनु गलत भएको निष्कर्ष निकालेका थिए। देउवा समर्थकको बैठकमा महेन्द्र यादव, श्याम घिमिरे, डिला संग्रौला, बीर बहादुर बलायर, नेविसंघ अध्यक्ष नैरसिंह महर, जितजंग बस्नेतलगायतको सहभागिता रहेको थियो।

काँग्रेसभित्र भइरहेको गुट उपगुटका उस्ता गतिविधिका कारण काँग्रेस विभाजन तर्फ जाने स्पष्ट संकेत देखिएको छ।