काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा आफ्नो बेइमानीको ठाउँ नभएको बताएका छन् । ओलीले भने- मेरो राजनीतिमा कहिल्यौं बेइमानी र कुनै दम्भ देखाएको छैन् ।

कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शासकीय स्वभाव र ख्वाइस छैन ।’ अघि भने, ‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने न कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताए ।