सहबान अन्सारी / पौष ८ नवलपरासीको सरावलमा माघे संक्रान्तिकाे पावन अवसरमा तेस्रो गाऊ स्तरिय पुरुष फुटबल प्रतियोगीता आज बाट सुरु भएको छ ! सम्मे माई सामुदायिक युवा प्रतिष्ठान सरावलको आयोजनामा प्रतियोगिताको उदघाटन् वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादवले गर्नु भएको थियो !
प्रतियोगिताको उद्घाटन गर्दै यादवले खेलहरुमा युवाहरुको रुची हुर्नुपर्ने बताउदै खेलाडीहरुले अनुशासनलाई उच्च प्राथमिकता दिएर खेल्नु पर्नेमा जोड दिनुभएको थियो साथै । खेलको माध्यमबाट युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफु सदैव तयार रहने बताउनु भयो
कार्यक्रममा सरावल गाउँ पालिका वडा न. ४ वडा सदस्य सुर्य नरायण यादव , नेपालि काङ्ग्रेस सरावल गाउँ पालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेय , भाेजपुरि संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क, समाजसेवी गाेपाल सहानि ,साबिक सरावल गा.बि.स खेलकुद समन्वय समिति अध्यक्ष महेन्द्र चाैधरी,युवा समाजसेवी हरिनारायण चाैधरी ,हातिवन शिव मन्दिर अध्यक्ष मनाेज कुमार चाैधरी ,क्लबका सल्लाहकार सम्भु प्रसाद चाैधरी ,कमेश कहार लगाएतहरुले शुभकामना मन्तब्य दिनुभएको थियो ।
प्रतियाेगितामा नवलपरासीका करिब ३० टिमको सहभागिता रहने आयोजकले जनाएको छ !
सो प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार द्धितिय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १६ सेट जर्सि सहित प्रदान गरिने छ ! प्रतियोगीताको उदघाटन खेल आज बेतहानीvsफरौली बिच भएको थियो दुबै टिम २/२ को बराबरी हुदाँ प्यनाल्टी गोल बाट बेतहानीको टिमले ३ को बिरुद्ध ४ गोलले विजयी भएको थियो !










