एमाले सचिव योगेश भट्टराईलाई चुनाव हराउन भूमिका खेलेका ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल पार्टीबाट निष्काशित भएका छन् ।
एमाले ताप्लेजुङको शनिबारको जिल्ला कमिटी बैठकले प्याकुरेललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट निर्वाचित भट्टराईलाई प्याकुरेलले निर्वाचनमा असहयोग गरेका थिए । बैठकले निर्वाचनमा अन्तरघात गरेको आरोपमा पूर्वसांसद भुपेन्द्र थेवे र उनकी पत्नी तथा सिरिजंघा गाउँपालिका–१ का वडाध्यक्ष उर्मिला थेवेसँग स्पष्टीकरण सोध्ने निर्णय भएको एमालेले जनाएको छ ।










