नेपाल प्रहरीले पूर्वडिआइजी तथा सासंद नवराज सिलवालाई पक्राउ गर्ने भएको छ । किर्ते गरेको आरोपमा मुद्दा दायर भइसकेकाले प्रक्राउ गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

प्रहरी प्रमुख प्रकाश अर्यालले सिलवाललाई पक्राउ गर्न निर्देशन दिइसकेको बताइएको छ । सर्वोच्च अदालतको आदेश अनुसार सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्न लागिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुद्दा दर्ता भइसकेकाले पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै अर्यालले पक्राउका लागि निर्देशन दिएको बुझिएको छ ।

प्रहरीले पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको हो । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता भएको छ ।