दमक/रोटरी क्लव अफ दमकले आफ्नो तेश्रो एसम्ली तथा बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धन सहित इलामको श्री अन्तुमा पुगेर एसम्ली सहितको बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
रोटरी क्लव अफ दमकका अध्यक्ष गंगाप्रसाद काफ्लेका अनुसार श्री अन्तुमा क्लवका बोर्ड सदस्य देखि लिएर अधिकाँश सदस्यहरु सामेल भएका थिए । क्लवलाइ थप शशक्त बनाउने बिषयमा छलफल भएको थियो ।
पूर्वको नै चर्चित पर्यटकीय स्थल श्री अन्तुको होम स्टे र यहाँको सूर्योदयको अवकोलन समेत भएको कार्यक्रम संयोजक सन्दिप चापागाइले बताए । यहाँका प्रमुख आकर्षण नै होम स्टे र सूर्योदय रहेको पाइएको उनको भनाइ छ ।











