काठमाडौं । चुनावको परिणाम आएपछि समिक्षा गर्न बसेको बैठकमा पर्साका कांग्रेसका नेता–कार्यकताीबीच हात हालाहाल भएको छ । चुनावको समिक्षा गर्न कांग्रेस जिल्ला पर्सा सम्पर्क कार्यालयको वीरगञ्जमा बसेको बैठकमा नेताहरुबीच कुटाकुट भएको हो ।

पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द कुमार गुप्तालाई अर्का नेता ईम्तीयाज आलमका सर्मथकहरुले कुटेका हुन् । पर्सा कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार उनीहरुबीच कार्यक्रमको अध्यक्षता कसले गर्ने भन्ने विषयमा सुरु भएको विबादले चर्को रुप लिँदा कुटाकुट भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहिदिन अघि भएको पर्सा क्षेत्र नं ३ को भेलाले पार्टीका नेताहरुको असहयोगका कारण चुनावमा हार ब्यहोर्नु परेको निष्कर्ष निकालेको थियो । चुनावमा असहयोग गर्ने नेताहलाई तत्काल कारवाही हुनुपर्ने माग कार्यकर्ताको छ । सुचना केन्द्र बाट