झापामा तीन सय बढी नेपाल प्रहरी कर्मचारीलाई एकैसाथ जिल्लाअन्तर सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले लामोसमय पछि एकै पटक तीन सय बढी प्रहरीको सरुवा गरेपछि प्रहरी कर्मचारी आश्चर्य चकित परेका छन् । प्रहरी कार्यायलले कुनै पूर्व सूचना बिना सरुवा गर्दा दरबन्दी र काजमा कार्यरत प्रहरी कर्मचारीलाई पनि सरुवा गरेको छ ।

प्रहरी कार्यालयले प्रहरी निरीक्षक भन्दा तल्लो दर्जामा रहेका सई, असई, हवल्दार, जवानहरुको सरुवा गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय काकँडभिट्टा, बिर्तामोड, झिलझिले, दमक, वडा प्रहरी कार्यालय भद्रपुरसहित सीमा तथा प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारी फेरबदल गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि आवश्यकता अनुसार प्रहरी कर्मचारी फेरबदल गर्दै आएपनि लामो समयपछि जिल्लामा एकैसाथ ठूलो संख्यामा प्रहरी सरुवा गरिएको प्रहरी उपरीक्षक केसीले बताए । उनले भने, एकै ठाँउमा लामो समय सम्म प्रहरी खटिदाँ व्यक्तिगत चिनजानले जिल्लाको शान्तिसुरक्षामा प्रभाव पर्ने कुरालाई मध्यनजर गर्दै प्रहरी सरुवा गरिएको हो । प्रहरी संगठनको निति अनुसार नै प्रहरी सरुवा गरिएको हो, उनले भने, यसलाई जिल्लामा निरन्तरता दिइने छ । उनले भने, विशेष गरी सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयबाट धेरै संख्या कर्मचारी फेरबदल गरेका छौ ।