काठमाडौं, ९ पुस- वरिष्ठ स्नायू विशेषज्ञ डा. उपेन्द्र देवकोटाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै पशुपति मन्दिर अगाडि दीप प्रज्वलन गरिने भएको छ । डा. देवकोटा स्वास्थ्यमा खराबी आएपछि हाल देवकोटाको बेलायतस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
केही समयअघि मात्र पित्तथैलीमा पत्थरी देखिएको र थप पीडा महसुस गरेपछि दुई साताअघि उपचारका लागि डा. देवकोटा बेलायत प्रस्थान गरेका डा. देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै देवकोटाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बोष्टर मिडियाको आयोजना दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो । डा भोला रिजाल र श्रीमती सरला रिजालको नेतृत्वमा आईतबार दिउसो १ बजे पशुपतिनाथको मूल ढोका अगाडी जम्मा हुने कार्यक्रम रहेको छ ।
डा. देवकोटा स्वदेश तथा विदेशमा पनि स्नायू रोगको उपचारबारे परिचित छन् । उनले हालसम्म करिब ३० हजार मानिसको टाउको र नसा सम्बन्धी रोगको शल्यक्रिया गरिसकेका छन् भने १० लाख भन्दा बढी बिरामी जाँच गरेका छन् । लामो समय वीर अस्पतालमा काम गरेका डा. देवकोटा हाल बाँसबारीस्थित न्युरो अस्पताल सञ्चालन गर्दै आएका छन् । डाक्टर देवकोटा नेपालको स्वास्थ्य मन्त्री समेत रहेका थिए ।










