पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको धुलाबारीमा यात्रु वाहक बसले मोटरसाइकललाई ठक्कर दिदाँ श्रीमतीको मृत्यु भएको छ, श्रीमान् र छोरा घाइते भएका छन् ।
मृत्यु हुने मेचीनगर ६ निवासी ४२ वर्षीया ऋतु प्रधानको मृत्यु भएको इलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ । काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख २२०३ नम्बरको यात्रु वाहक बसले मे ६ प ६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
धुलावारी चोकबाट सडक काट्ने क्रममा बसले ठक्कर दिदाँ मोटरसाइकलमा सवार ऋतुसहित उनका श्रीमान् नवराज र छोरा निशान गम्भिर घाइते भएका थिए ।
घाइते मध्ये ऋतुलाई उपचारका अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् र छोराको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यता ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रण लिएको जनाइएको छ ।










