काठमाण्डौमा भुकम्पको ठुलो झड्का महशुस भएको छ । बिहान ६ बजेर ५० मिनेटको समयमा काठमाण्डौ र यसआसपासका क्षेत्रमा भुकम्पको महशुस भएको हो |
राष्ट्रिय भुकम्पमापन केन्द्रका अनुसार नुवाकोटको बिदुरमा केन्द्रबिन्दु भएको ३.८ को म्याग्नेच्युटको भूकम्प गएको हो ।उक्त भूकम्प २०७२ सालमा गोरखा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ ।










