दमक/प्रायजसो फरक मत राख्दै चर्चामा आइरहने गरेका माओबादी केन्द्रका नेता गोपाल किराती फेरी चर्चामा रहेकाछन् । उनले यदि अहिलेको अवस्थामा नै नकेपा एमालेसंग पार्टी बिलय गरेको अवस्थामा पार्टीको नेतृत्व आफूले गर्ने उनले दाबी गरेका हुन् ।

उनि निकटका एक नेताका अनुसार माओबादी केन्द्रका प्रदेश नं. १ का इन्चार्ज समेत रहेका किराती यस बिषयमा छलफलमा रहेकाछन् । उनले पार्टी पुर्नगठन गरेर अघि बढ्ने बिषयमा छलफल चलाएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आफूहरुका शर्तहरु पालना भएमा भने पार्टी पुर्नगठन नगर्ने पनि बताउन थालेकाछन् । माक्र्सबाद र लेलिनबादलाइ आत्मसाथ गर्नु पर्ने उनको प्रमुख माग रहेको छ ।

आफूले राखेको माग बिपरीत पार्टी एकीकरण भएको अवस्थामा पार्टीलाइ अगाडि बढाउन एमालेमा गएकाहरुलाइ कार्वाही गरिएको भन्ने र माओबादी केन्द्रलाइ नै निरन्तरता दिने तयारी रहेको उनि निकट ति नेताले बताए ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दूइचार जनाले बिरोध गर्दैमा पार्टी एकता नरोकिने बताएपछि किराती अझ रुष्ट बनेको जनाइन्छ । उनले आफूलाइ सधै पेल्न खोजेको जनाउदै आफू पनि निरीह नबन्ने आफू निकटहरुलाइ बताउने गरेको श्रोतको भनाइ छ ।

विश्वभक्त दुलाल (आहुती) लगायत नेताहरुले किरातीलाइ साथ दिने वचन दिइसकेकाछन् । यसले एक प्रकारको तंरग समेत पैदा भएको छ ।

गोपाल किरातीले आफ्नो फेसबुकवालामा यस्तो कविता पनि लेखेकाछन्

अमरत्वको शुभकामना

सत्ता-सुविधा खातिर दाम्लो चुँडाउनेहरु

ख्रुच्चेव आहालको विलयमा हाम्फाल्नेहरु

शहिद तथा पेपत्ता योद्धाको सपना लत्याउँदै

सर्वहारावर्गको छातीमा भाला घोप्नेहरु

चोमोलुडंमालाई थाहा छ-

जुम्रे र लिखे अवसरवादी मात्र होइन,

आत्मसर्पणवादीहरुको त्यो जुलुशमा

असल नियतले नर्क जानेहरु छन्

भेंडा बनाईएका बाघका डमरु पनि

हो, डमरुहरु पनि छन् ।

प्रख्यात छ यहाँ अंग्रेजी शब्दको 'लाईन '

वर्गदृष्टिकोण अनि विचारधाराको लाईन

खेलकुदको नियम बुझ्ने र नबुझ्नेको लाईन

राष्टियता, भाषा वा नाचगानको लाईन

कुर्सि, कमिशन र अहं प्रर्दशनको लाईन

विखुमा रोपेर विष फलाउने अभागीहरुको लाईन

डेराभाडा रिचार्ज तथा छाक टार्ने लाईन

छिमेकी हुँदै लंगौटियाको साथी लाईन

कुनै न कुनै लाईनमा पर्दछन् ती डमरुहरु

शुभकामना छ, डमरु योद्धाहरुलाई

घाँस खाने भेंडाबाट काँचुली फेर्न सकुन ।

डमरु कमरेडलाई प्रश्न छ इतिहासको-

के साँच्चै तिमी भेंडाबाट बाघ बन्न सक्छौ?

के फोहरी आहाललाई सफा पोखरी तुल्याउन सक्छौ?

तिम्रो उत्तर हुनेछ अवश्य-

'बघिनी आमासँगै छु,

सिकाउछिन आमाले बाघशास्त्र '

सरासर गलत

तिम्री आमा ब्वाँसोसित पोइला गइसकिन्

चाहेर पनि त्यहाँ आमाको खटन चल्दैन ।

स्वयंभू बन्नुपर्छ तिमीले

नत्र भोलिको उज्यालो देख्न पाउने छैनौ ।

ब्वाँसोहरुको राज्यमा मान्छे बाँच्न पाउँदैन

महान जनयुद्धलाई 'वैचारिक भूल' भन्नेहरु

कमरेड पुष्पलाललाई 'श्रेष्ठ'लेख्न नदिनेहरु

मदन-आश्रितलाई त्रिशुलीमा खसाल्नेहरु

मान्छेको मासु तारेर भोज लगाउँछन् ।

आमाको गर्भबाट झिकेर रगतको डल्ला

गर्भे बच्चाको अचार बनाउँछन् त्यहाँ ।

चोमोलुडंमाको प्रश्न छ-

के तिमी ब्वाँसो पल्टनसित लड्न सक्छौ?

के त्यहाँ मान्छेको राज्य खडा गर्न सक्छौ?

आशावादी बन्नै पर्यो-

यावाले दिएको मुन्धुम कतै विर्सने छैनौ ।

आफ्नै बुद्धि र पौरखले संघर्ष गर !

संघर्ष नै जीवनको मूलतत्व सम्झ !

क्षितिजमा तिम्रो प्रगतिको रेखा देखिन सक्छ ।

किनभने,

सिस्नुको जराले हुर्काईएको सन्तान हौ तिमी ।

माडंगेनाले शुसोभित मानव तिमीलाई

प्रतिक्षा गर्नेछन्

लिम्चीबुडं चोकमा तायामा-खियामाहरु

मानव जातिको अन्तिम संघर्षमा

साम्यवादी अमरत्वको शुभकामना तिमीलाई ।

गोपाल किराती, डिसेम्बर २०१७