दमक/नव निर्वाचित साँसद तथा पूर्व डिआइजि नवराज सिलवालले आफूले गरेको फोन आइजिपिले नउठाएको खुलासा गरेकाछन् ।
आफूलाइ कहि कतै पनि कार्वाही गर्नु तथा नाम किटेर कार्वाही गर्नु नभनेको बताउदै यस बिषयमा बुझ्न फोन सम्पर्क गर्दा नउठाएको खुलासा गरेका हुन् ।
एक टेलिभजन कार्यक्रमको अन्तरवार्तामा सिलवालले कीतेृ मुद्धाको बिषयमा अहिलेका आइजिपिले केहि नबुझेको पनि बताए । अनुसन्धानको पक्षमा र सत्यतथ्य यस बिषयमा बाहिर आओस भन्ने चाहाना पनि आफ्नो रहेको जनाए ।
अरु कोहि नभएर बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै आफूलाइ सिध्याउन लागेको जनाउदै सिलवालले त्यसको मतियारको रुपमा अरुले काम गरेको पनि उनको भनाइ रहेको थियो ।
पछि घटना प्रकरणको छानबिन हुने भएपछि डरले अहिले नै देउवा प्रधानमन्त्री हुदै यो बिषयलाइ किनारा लगाउने र आफूलाइ तह लगाउने कुनियत पछिल्लो समयमा भएको भन्दै यसबाट आफू नडराउने उनको भनाइ थियो ।
एकजना ब्याक्ति बिरुद्ध राज्यले नै यसरी खनिनु र लाग्नु अधिनायकबादको पराकाष्ठा भएको उनको भनाइ थियो । उनले नवराज सिलवाल निर्दोष रहेको भन्दै दोषी भए आफूलाइ जेल हाल्न चुनौती दिए










