दमक/रोल्पामा शसस्त्र जनयुद्धको समयमा ज्यान गुमाएका एक परिवारको पीडा सुनेर पूर्व सभामुख अन्सरी घर्ती मगर घुँकघुक गरेर रोएकीछन् । ८० बर्षिय मंगले बुढा र ७० बर्षिया फर्की बुढाको पीडा सुनेर उनि रोएकी हुन् ।
साझा सवाल कार्यक्रममा दूइ जनाको पीडा प्रसारण भएको छ । कार्यक्रम घरमा नै पुगेर रेकर्ड गरिएको थियो । त्यहाँ माओबादी केन्द्रका नेता एवं पूर्व मन्त्री बर्षमान पुन समेत पुगेका थिए ।

उनिहरुले अहिलेसम्म राज्यले दिएको कुनै सुविधा नपाएको, खुट्टामा रोग लागेपनि उपचार नपाएको र आफूहरुलाइ केहि चाहिदैन भनेको सुनेर घर्ती रोएकी थिइन् भने संगै रहेका अनन्त पनि भावुक भएका थिए ।
घर्तीले पीडा सुनेपछि आफ्ना बुबा आमाको सट्टा पहिला यो परिवारलाइ आफूले हेर्ने बताइन् । आफूले शहिद परिवारको यो अवस्था छ भन्ने कहिल्यै पनि कल्पना नगरेको पनि जनाइन् ।
यो गाँउबाट शहिद बन्ने यो परिवारका एक्ला छोरा थिए बिकास । बर्षमानले कार्यक्रममा बिकास आफ्नो साथी भएको बताएका थिए । यो कार्यक्रमले अहिले पनि शहिद परिवारको अवस्था के छ भन्ने दर्शाएको छ ।
https://youtu.be/Dn34PEHq1D4










