दमक/नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएकाछन् । बस्याललाइ परासी रामग्राम जेसीजले अघि सारेको थियो ।
उनी नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पनि हुन् । भैरवहामा भएको नेपाल जेसीजको ४४ औँ महाधिवेशनमा राष्ट्रिय अध्यक्षमा उनि निर्वाचित भएपछि उनि पक्षधरले खुसियाली मनाएकाछन् ।
निबर्तमान जेसीजको राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीको समुह र पूर्वका अधिकाँश जेसिज शाखाहरुले बस्याललाई सहयोग गरेको बताइन्छ ।
बस्याल जेसीजमा विगत १४ वर्षदेखि सक्रिय भुमिका खेल्दै आएका थिए । उनले आफ्नो जित सबै जेसिज युवाहरुको भएको बताउदै नेपाली युवाहरुको मन जित्ने काम गर्ने बताए ।










