प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाड्नको लागि  तयार पारेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश शितलनिवासमा रोकिएको छ । यत्तिकैमा राष्ट्रपतिले विभिन्न तयारी गरेको खबर बाहिर आएको छ  ।

के छ राष्ट्रपति तयारी ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति निर्वाचित भएदेखि नै राष्ट्रपतिको कालभरी नै विवादमा आउनेगरी कुनै पनि निर्णय भएका थिएनन् । तीन सरकार झेलेकी विद्याको कार्यकालमा हुने निर्णयको जवाफ उनले भन्दा पनि नेताले संसदमा दिनुपर्ने भएकाले विवादका केही काम भएनन् । तर, राष्ट्राध्यक्षको कुर्सी छाड्नेबेला उनलाई विवादमा तान्ने कोशिश भएको छ ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सकेपछि राष्ट्रिय सभा निर्वाचनका लागि तयार पारिएको अध्यादेश प्रमाणिकरण नगरेको विषयमा खासगरी नेपाली कांग्रेसले उनको विरोध गरेको छ भने सोचेर कार्यान्वयन गर्न बामपन्थीले दबाब दिएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित दलका नेतालाई राखेर सहमति बनाएर आउनुहोस् अध्यादेश प्रमाणिकरण गर्छु भनिसकेकी छन् । तर, दलीय मत विभाजनकाबीच उनलाई पारित गर्न र नगर्न भन्ने दबाब परेको छ । उनी दुविधामा रहेका कारणले राजनीतिक परामर्श जारी राखेकी छन् ।

उनले आइतबार संघीय समाजवादी फोरम नेपाल र राजपाका शीर्ष नेताहरूसँग परामर्श गरिन् । राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूसँग परामर्श गरेकी थिइन् । उनले अध्यादेशमा राजनीतिक सहमति जुटाउन आह्वान गर्दै आएकी छन् ।

सरकारले दुई महिना अघि राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको छ । एमालेले त्यसको विरोध गर्दै बहुमतीय प्रणाली हुनुपर्ने अडान लिइरहेको छ । नेपाली कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले जस्ताको तस्तै पास गर्नुपर्ने र अड्काएर राख्न नहुने बताउँदै आएको छ ।

अब यो अवस्थामा राष्ट्रपतिले के गर्लिन् र कसरि अगाडी बढ्ने हुन् त्यो भने समयले नै देखाउछ ।