विष्णुप्रसाद पोखरेल

दमक/झापा दमकका थान कपडा ब्यवसायीहरुले सिमा नाकामा कडाइ नहुदा र केरियर मार्फत कपडा ल्याएर बिक्री गर्ने गरेकाले आफूहरुको ब्यवसाय बन्द गर्ने अवस्था आएको बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थान कपडा व्यवसायी संघ दमकले दमक उद्योग बाणिज्य संघको ध्यानकर्षण गराउदै यहि अवस्था रहे आफूहरुको करोडौ रुपिया डुब्ने खतरा बढेको भन्दै समस्या सामधानका लागि माग गरेकाछन् । दिनभर पसल बस्दा एकरुपियाको पनि बिक्रि नहुने अवस्था आएको ब्यवसायीहरुले बताएका थिए ।

भन्सार तथा सिमामा विवाहका लागि भन्दै सामान ल्याउने गिरोह नै सक्रिय रहेको संघका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताए । यसले आफूहरु कर तिरेर ब्यवसाय गर्ने ब्यवसायीहरु संकटमा फसेको उनको भनाइ थियो । उनले एउटै ब्याक्तिको कति चोटी विवाह हुन्छ ? कतिचोटी कार्ड बन्छ ? अचम्ममा परेका छौ भन्दै प्रश्न गरे ।

उनका अनुसार एउटै ब्याक्तिको विवाहको कार्ड लिएर पटकपटक सामान भित्र्याउने गरेको भन्दै यस्तो कार्य रोक्नका लागि माग गरे । एउटै ब्याक्तिको पटक पटक विवाह कार्ड बनाएर सामान ल्याउने र सस्तोमा बिक्री गर्दा समस्या भएको कपडा व्यवसायीको भनाइ थियो ।

दमक उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष बिमल खतिवडालले यो गम्भिर समस्या भएको जनाउदै यसमा आफूहरुको ध्यान गएको र सरोकारवाला निकायहरुसंग चाडै छलफल गर्ने बताए ।

साना तथा ठूला सबै ब्यवसायी करको दायरामा आउनु पर्ने बताउदै अबैध रुपमा ल्याएर सामानहरु बिक्री गर्ने कार्य निरुत्साहित गर्नका लागि बाणिज्य संघ लाग्ने प्रतिबद्धता खतिवडाले जनाए ।

दितिय उपाध्यक्ष युवराज घिमिरेले थान कपडा ब्यवसायीहरुको समस्यालाइ आफूहरुले बुझेको जनाउदै यस बिषयमा गम्भिर भएर लाग्ने बताए ।