१) सर्बोच्च अदालतको चैत्र ८ को पूर्ण इजलासबाट सरकारको नाममा परमादेश जारी गर्दै नवराज सिलवाल १ नम्बर भनेपछि प्रकाश अर्यालले यो कुरा स्वीकार गर्दै ल्याप्चे लगाएर आफ्नो मुद्दा फिर्ता लिएका थिए (प्रकाश अर्यालले नवराज सिलवाल र जय बहादुर चन्दको मात्र कार्य सम्पादन र मूल्यांकन सर्बोच्चले हेर्न खोजेपछि मेरो पनि हेरियोस भनेर मुद्दा दायर गरेका थिए ) यसरी प्रकाश अर्यालले म २ नम्बरको हुँ भनेर स्वीकार गरिसकेपछि कसरी र किन नवराज सिलवाललाई किर्ते गर्न जरुरी भो ?? जबकी नवराज सिलवाललाई सर्बोच्च अदालतले सक्कल फाइल हेरेर १ नम्बर भनेको छ भने २ नम्बर हुनेले आफु २ नम्बर भएको स्वीकार गरिसकेका छन् I लाटोले पनि बुझ्ने भाषा र अवस्था छ यसबाट सरकार र यसका मतियारहरु आफैले किर्ते गरेको प्रमाणित हुन्छ I . २) २०७३/७४ को कार्यसम्पादन र मूल्यांकन फाइल हामीसंग छैन भनेर लोकसेवा आयोगले लेखेको पत्र साछी छ पछि यो फाइल भेटियो भनेर २ हप्तापछि भन्यो, यो २ हप्तामा नयाँ फाइल तयार पारिएको कुरा सबैले बुझेका छन् I यो किर्तेमा सरकारका सबै अंग सामेल छन् भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ, लोकसेवा आयोगमा १ बर्षभित्रको फाइल नभेटिने भन्ने कुरा हुनै सक्दैन, यहाँ किर्ते भएको प्रमाणित हुन्छ I . ३) पहिले जय बहादुर चन्दलाई आईजिपी बनाउन सिफारिस गर्दा कासमु बढी भनेर सिफारिस गर्ने अनि फेरि होइन होइन प्रकाश अर्यालको बढी नम्बर पाउने व्यक्ति हो भन्ने तत्कालीन सरकारले किर्ते काम गरेको प्रमाणित हुन्छ कि हुदैन ? एउटै सरकारले दुई पटक दुई थरिको सिफारिस के आधारमा गरेको ? यसबाट प्रष्ट हुन्छ कि नबराज सिलवाललाई आईजिपी बन्न नदिन गैर कानुनी काम सरकारले गरेको छ I . ४) नवराज सिलवाल एक पक्षीय र सरकार तथा प्रकाश अर्याल अर्को पक्षीय हुन् यो मुद्दामा, यो किर्तेको अनुसन्धान स्वतन्त्र निकायले गर्नुपर्छ न कि मुद्दाको अर्को पक्षले छानबिन तथा अनुसन्धान गर्नु Basic Principle भित्र पनि पर्दैन , मुद्दाको एक पक्षले अनुसन्धान गर्दा अर्को पक्षलाई दोषी देखाउन सबै हत्कण्डा गर्छ नै त्यसैले यो छानबिन स्वतन्त्र निकायबाट हुनुपर्छ I . ५) नवराज सिलवालका वकिलले पत्रिकामा निस्केको कार्य सम्पादन तथा मूल्यांकन फाइलको फोटो कपि गरेर अदालतमा बुझाएका थिए, त्यति संबेदनशील फाइल कसरी पत्रिकामा आयो भन्ने कुरा त नवराज सिलवालले नै उठान गरेका र त्यसको छानबिन हुनुपर्छ भनेर भन्दै आएका छन्, न नवराज सिलवाल ति फाइल राख्ने व्यक्ति हुन् न ति फाइल सम्म पहुच हुने व्यक्ति हुन्, यहाँ दालमा कुछ काला होइन दाल पुरै कालो छ दुनियाँलाई थाहा भएको कुरा हो जो चोर उसैको ठूलो स्वर , आफै किर्ते गरेर दोष निर्दोष माथि हाल्न खोजिदैछ, साबधान I . ६) पत्रकारलाई पत्राचार गरेर समाचारको श्रोत र कल डिटेल माग्नु अधिनायकबाद हो कि होइन ? संविधानको भावना र मर्म भन्दा बाहिर गएर कसैलाई काम गर्ने अधिकार छैन I . ७) जनताको मतले तिरस्कृत कांग्रेस ले लगभग २/३ मत प्राप्त गरेको गठबन्धन माथि घुमाउरो प्रहार हो यो, त्यसैले पनि यो केस गठबन्धनका साझेदार एमाले र माओबादी केन्द्रले आफ्नो जिम्मामा लिनु पर्छ।

सागर सिलवालको फेसबुकबाट साभार