‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमी हेरि मात्र रहनु’ यो लाइन कञ्चनपुरकी एक युवतीले फेसबुकमा राखेको स्ट्याटस हो । उनले यो स्ट्याटससहित हिजो (सोमबार) कभरफोटो पनि राखेकी थिइन् ।

झलारी–१० घर भएकी कक्षा १२ मा पढ्दै गरेकी १९ वर्षीष पुजा धामीले यो स्ट्यास र फोटो राखेको एक दिन नबित्दै संसार छाडेकी छिन् । घरमा कोही नभएको बेला बिष सेवन गरेर उनले आत्महत्या गरेकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले बिष सेवन गरेकी आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी लगिएको थियो । तर, अस्पतालले धामीको अवस्था गम्भिर रहेको यहाँ उपचार हुन नसक्ने बताएपछि आफन्तहरुले कोहलपुर रिफर गरेका थिए ।

उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको थियो तर भर्ना लिन नमानेपछि धामीलाई नेपालगञ्ज लगिएको थियो । त्यहाँ पनि चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लैजान सल्लाह दिए ।

धामी गत निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्न भएपछि यही पुस ७ गते विदाई गरिसकेपछि पूजा घर फर्किएकी उनका आफन्तले बताएका छन् ।

पूजाले फेसबुकमा हिजो त्यस्तो स्ट्याटस लेखेपछि अनेक टिकाटिप्पणी सुरु भएको छ । तर, प्रहरीका अनुसार अहिलेसम्म पूजाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन् ।