नेपालमा क्रान्तिकारी धु्रवीकरण र एकता प्रक्रियाबाट शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

अन्तराष्ट्रिय सर्वहारावर्गका महान् नेता एवम् विचारक माओत्सेतुङको १२५औं जन्म दिनका अवसरमार माओवादी अध्ययन केन्द्र झापाले बिर्तामोडमा आयोजना गरेको “समाजवादका निम्ति कम्युनिष्ट ध्रुविकरणको आवस्यकता” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो । कार्यक्रममा माओत्सेतुङको जीवनी तथा योगदानको चर्चा गर्दै सहभागिहरुले नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको पार्टी एकता स्वगतयोग्य भएको भन्दै एकतालाई चाँडो निष्कर्षमा पुर्याउनु पर्नेमा समेत जोड दिएका कार्यक्रमका सहभागि माओवादी केन्द्रका युवा नेता ढुण्डिराज गुरागाई चन्दुले जानकारी दिए । माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय अध्यक्ष अखिलेश्वर दासले अब कम्युनिष्टको बहुमतको सरकारले समाजवादको आधार तयार गर्ने नीति कार्यक्रम बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।

कृषिको आधुनिकिकरण र ब्यवसायीकरण, सहकारीकरण, उद्योगधन्दा कलकारखानाको विकास गरी राष्ट्रिय पुँजीको संरक्षण, स्वदेशी उत्पादनमा जोड दिदै मजदुरहरुको ट्रडयुनियन अधिकारलाई बलियो बनाउनु पर्ने दासको सुझब दिएका थिए ।

माओवादी केन्द्रका नेता डिल्लि घिमिरे, भुपाल सापकोटा, दयाराम दहाल, प्रकाश भण्डारी, किर्तीकुमार राजवंशी, मेघप्रसाद रेग्मी, टीका पोखरेल, अम्बर केसी, डण्डिराज घिमिरे, भवानी प्रसाद दंगाल लगायतले कार्यक्रममा आफ्नो बिचार राखेका थिए ।

कार्यक्रम माओवादी अध्ययन केन्द्रका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र झापाका स्कुलिुङ बिभागका इन्चार्ज रमेश गुरगाईको सभापतित्वमा सम्पन्न भएको थियो ।