मृत अवस्थामा फेला
तनहुँ ब्यास नगरपालिका–२ स्थित बुल्दी खोला नजिकैको खाली जग्गामा सोही नगरपालिका–४ डेरा गरी बस्ने गोरखाको पालुङटार नगरपालिका–१ का मिस्त्री काम गर्ने २५ वर्षीय ओम बिक मंगलबार मृत अवस्थामा फेला परेका छन् । दाङ तुल्सीपुर उपमहानगरपालिका–१६ बस्ने ५० वर्षीय चेतनाथ भण्डारी मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत मंसिर २१ गतेदेखि हराई बेपत्ता भएका भण्डारीको खोजी गर्ने क्रममा सोही ठाउँस्थित पानीको कुलोमा शव फेला परेको हो ।घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रामेछाप दोरम्बा गाउँपालिका–१ डुडुवा बस्ने ४८ वर्षीय बाबुराम तामाङ सोही ठाउँस्थित लप्सी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दी अन्नपुर्ण गाउँपालिका–४ निलगिरी हाईड्रोपावरमा बाटो खन्ने काम गर्ने राप्ती गाउँपालिका–१ का ३९ वर्षीय शेरबहादुर थापा सोही ठाउँस्थित मालारानीको भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भिरबाट लडेर मृत्यु बाजुरा बुढीगंगा नगरपालिका–१ डुङग्री बस्ने २७ वर्षीय भुपेन्द्र थापाको भिरबाट लडेर मंगलबार मृत्यु भएको छ । गौमुल गाउँपालिका–२ स्थित ससुराली घरमा जाने क्रममा स्थानीय भिरबाट अचानक लड्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु तथा घाइते काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–११ रानाछापस्थित बिपी राजमार्गमा ना.४ ख ८०८० नम्बरको बसले बा.८६ प ६३८१ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहटको राजपुर नगरपालिका–७ का २० वर्षीय सञ्जीव साहको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक सिराहाको बरियापट्टी गाउँपालिका–१ बस्ने २१ वर्षीय चन्दनकुमार दाहाल घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही ईश्वरपुर नगरपालिका–१२ स्थित सडकमा ना.३ ख ९४९० नम्बरको ट्रकले सोमबार ठक्कर दिंदा महोत्तरीको बर्दिबास नगरपालिका–१२ बस्ने ४५ वर्षीया ईन्द्रकुमारी गोलेको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की पोखरा लेखनाथ महानगरपालिका–४ स्थित सडकमा ना.३९ प ३०१२ नम्बरको मोटरसाइकल सोमबार पुलको रेलिङमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक अर्मन–२ रातढुङगा बस्ने १९ वर्षीय तिलकबहादुर थापाको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार म्याग्दीको मंगला गाउँपालिका–५ मुसुराबारी बस्ने २८ वर्षीय कुलबहादुर थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बेहोस भएर मृत्यु काठमाडौं बसन्तपुरस्थित झोछे टोलमा सोमबार अचानक बेहोस भएका झोछेस्थित धौलागिरी गेष्ट हाउसमा बस्ने फ्रान्सेली नागरिक ६५ वर्षीय फ्रान्कोज साभिर मेरी सर्सटरको उपचारको लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । सर्लाही कोडैना गाउँपालिका–७ सक्रौल बस्ने २५ वर्षीय गणेश मुखियाको सोमबार वेहोस भएर मृत्यु भएको छ । बसबरिया गाउँपालिका–३ सिसौटिया बङ्गलवा टोलस्थित दाईको घर गएका उनी सोही ठाउँस्थित खुल्ला चौरमा बेहोश फेला परेपछि उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
माटोको ढिस्कोमा पुरिएर मृत्यु बाजुरा बुढीगंगा नगरपालिका–९ ठडिखोला बस्ने रमेश नेपालीकी छोरी १० वर्षीया साधना नेपालीको माटोको ढिस्कोले पुरिएर सोमबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने नैनबहादुर ओखेडाकी छोरी ८ वर्षीया पर्मिलाकुमारी ओखेडासँग खेल्ने क्रममा ढिस्कोले पुरिँदा गम्भीर घाइते भएकी साधनाको उपचारको लागि अछामको बयलपाटा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । घाइते पर्मिलाकुमारीको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेण्ट लागेर मृत्यु बारा कलैया उपमहानगरपालिका–२० बसतपुर टोल बस्ने अबधेशप्रसाद साहको ५ वर्षीय छोरा राहुल साहको सोमबार करेन्ट लागेर मृत्यु भएको छ । छिमेकी मेथुरालाल साहको घरमा खेल्न गएको अवस्थामा अचानक करेण्ट लागेर गम्भीर घाइते भएका बालकको भारत रक्सौलतर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










