सरदरमा एउटा सिटी सफारीलाइ २ लाख ५० हजार पर्ने गरेको छ र यदि सिटी सफारीलाइ मुख्य राजमार्गमा कुदाउन नदिदा ६२ करोडभन्दा बढिको लगानी जोखिममा रहने जनाइन्छ ।

विष्णुप्रसाद पोखरेल

दमक । पूर्वमा केहि समयता भित्रिएका सिटी सफारीहरुका कारण दूर्घटना बढेपछि पूर्व पश्चिम राजमार्गमा कुद्न रोक लगाएसंगै उत्पन्न समस्या सामधान ननिस्कदा अन्योल भएको छ । पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बिराटनगरले रोक लगाएको बताएपनि यसको कार्यन्वयनमा समस्या भएपछि अन्योल सिर्जना भएको छ ।

कसैले बैदेशिक रोजगारी छोडेर आएर यो ब्यवसाय गरेको त कसैले ऋण लिएर सिटी किनेर दैनिक गुजारा चलाइरहेको बताउदै यो निर्णय मान्य नहुने भन्दै सिटी सफारी चालक तथा बिक्रेताहरु आन्दोलनमा रहेकाछन् । झापामा मात्र सिटी सफारीमा आधा अरब भन्दा बढिको लगानी रहेको पाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाको दमकमा ८ सय सिटी सफारी दर्ता भएका र आसपासका आउदा १ हजारभन्दा बढि सञ्चालनमा रहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । झापामा २५ सय सिटी सफारीहरु स्थानीय तह र यातायात कार्यालयमा दर्तामा रहेकाछन् ।

सरदरमा एउटा सिटी सफारीलाइ २ लाख ५० हजार पर्ने गरेको छ र यदि सिटी सफारीलाइ मुख्य राजमार्गमा कुदाउन नदिदा ६२ करोडभन्दा बढिको लगानी जोखिममा रहने जनाइन्छ । झापाका अधिकाँश शहर बजारमा मुख्य राजमार्ग र आसपासको केन्द्र बनाएर नै सिटी सफारी कुद्दै आएकाछन् ।

स्पष्ट नीति नबनाइ र क्षमतालाइ आँकलन नगरी सिटी सफारी दर्ता दिदा अहिले समस्या आएको दूर्घटनाको न्यूनिकरणका लागि झापामा काम गर्दै आएको जिबन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम बताउनु हुन्छ । बिना सवारी चालक अनुमतिपत्र बेगर समेत सिटी सफारीहरु सञ्चालनमा रहेकाछन् भने जथाभावी रुपमा बाटो काट्दा दूर्घटना बढिरहेको उहाँले जनाउनु भयो ।

सिटी सफारी चलाउनेहरु पनि मजदूर भएको र उनिहरुको यसमा लगानी भएकाले सोचबिचार गरेर यस बिषयमा निर्णय गरिनु पर्ने उहाँको सुझाव रहेको छ । जिल्लाभरका सिटी सफारीहरु एकैसाथ सडकमा राख्दा १५ देखि २० किलोमिटर ढाँक्ने अवस्था रहेको भन्दै अहिले पनि दर्ता भइरहेकाले यस बिषयमा गम्भिर हुन पनि उहाँले आग्रह गर्नु भयो ।

झापाको दमकमा सिटी सफारीले उत्पन्न समस्या सामधानका लागि दमकमा पर्ने पूर्व पश्चिम राजमार्गमा कहि पनि स्टेण्ड राख्न नदिने निर्णय भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो । नगरपालिकाले स्टण्डहरु तोक्ने र त्यो भन्दा बाहिर पार्किङ निषेध गरिने समेत उहाँले बताउनु भएको छ ।

नगरपालिकाले तत्काल सिटी सफारी दर्ता समेत रोक्ने र यातायात कार्यालयलाइ समेत आग्रह गर्ने निर्णय गरेको समेत बताईएको छ । नगरको ट्राफिक ब्यवस्थापनका लागि यस्तो निर्णय गर्नु परेको ओलीले जनाउनु भयो ।

समस्या सामधानका लागि सबैको सहयोगको अपेक्षा गरेको पनि उहाँको भनाइ रहेको छ । केहि दिनयता सिटी सफारी राजमार्गमा कुदाउन रोकिएको सूचनाले तनाव सिर्जना भएको थियो ।