मोरङको सुन्दरहरैचा नगरपालिका ९ स्थित राजमार्गमा सवारी दुर्घटना परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालक इलाम नगरपालिका ८ बस्ने ३० बर्षिय सोबित राई रहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे २ प ५७०१ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ६० बर्षिय ललितबेघालाई ठक्कर दिई भाग्ने क्रममा धरानबाट काँकडभिट्टातर्फ जादै गरेको को १ ख २१६४ नम्बरको यात्रु वाहक बसको ठक्करबाट मोटरसाइकल चालक राई गम्भिर घाइते भएका थिए । यता बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।










