काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली कांग्रेसले अपमान गरेको आरोप लगाएका छन्।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा कांग्रेसले सत्ता लम्बाउन खोजेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालको संविधान संसारकै गर्व गर्न लायक रहेको बताउँदै नेता नेपालले त्यसलाई कार्यान्वयनमा ल्याउन सचेत ढंगबाट सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए।

जनताको अधिकार सुनिश्चित गर्न वाम गठबन्धन कहिलै पछि नहटेको चर्चा गर्दै उनले भने, 'कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली खान्छन् कि लोकतन्त्र खान्छन् वा अधिनायक ल्याउँछन् भनेर जनतालाई झुक्याउने दिन समाप्त भएको छ, वामपन्थी त्यसमा सचेत छन्।'

उनले एमाले र माओवादी केन्द्रबीच एकता हुनेमा आशङ्का नगर्न पनि आग्रह गरे।