नेपाल दूरसञ्चार प्राधिकरणले दुई नम्बर प्रदेशका आठ जिल्लामा फाइबर टु द होम (एफटिटिएच) नेटवर्क पूर्वाधार विकास गर्ने स्वीकृति सुबिसु केबलनेट प्रालिलाई प्रदान गरेको छ।
नेपालभर घरघरमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने योजना लागु गर्न टेलिकम तथा इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्ने क्रममा यो प्रदेशमा इन्टरनेट विकासको जिम्मा सुबिसुले पाएको हो।
सुबिसुले नोकियाका उत्पादन प्रयोग गरी सेवा प्रदान गर्दै आएको छ। एफटिटिएच पछिल्लो समयमा विस्तार भइरहेको प्रविधि हो। सुबिसुले तत्कालका लागि २.५ र पछि १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।










