माओबादीसंग ७ दलले दिल्लीमा गरेको १२ बुंदे सम्झौता नै नेपाल बिघटनको कारकतत्व हुन् सक्ने भन्दै १२ बुंदे दिल्ली सम्झौताको कटर बिरोधिको रुपमा आफुलाई उभ्याउदै आएका राजनैतिक विश्लेषक भरत दाहालले निर्वाचन पछि राजनीतिमा देखिएको गतिरोधको नदेखिएको कारण पनि त्यही १२ बुंदे भएको तर्क अघि सार्दै राष्ट्रिय सभाको अध्यादेशको विवाद पनि ओलीलाई प्रधानमन्त्री हुन् बाट रोक्नको लागि भएको दाबि गरेका छन् ।

नयाँ संबिधानमा राष्ट्रिय सभा जस्तो सानो तर महत्वपूर्ण बिषयमा के कसरी गठन हुन्छ भनेर समाबेश नहुनु नै यो संबिधान विदेशीले बनाएको हो हाम्रो संसदले बनाएको बनाएको होइन तर यी तमाम बिषयहरु सुनयोजित तरिकाले नै राखिएको हो नेपाललाई अस्थिर बनाउनको लागि ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१२ बुंदे सम्झौताको असली स्वरूप अब बिस्तारै देखिदै जाने छ जसको भित्र सार राष्ट्रसंग जनताको सम्बन्ध टुटाउने र नेपालमा जे भए पनि ठिकै छ जे हुन्छ यस्तै रहे छ यो देशमा भन्दै जनतामा चरम निरासा ल्याउने र राज्यसंग अविश्वास उत्पन भै समाज र परिवारसंग पनि व्यक्तिको सम्बन्ध टुटाउने हो । यस्ता कारणहरुले अनन्तगोत्वा नेपाल बिघटनको बाटो निर्माण गराउने दाबी विश्लेषक दाहालको छ ।

ओली प्रधानमन्त्री नभए मात्रै माओवादी र एमालेको एकता हुनसक्छ नत्र नहुन सक्छ । ओलीले धेरै केहि गरेनन तर नाकाबन्दीको बेला लिएको अडान र चीनसंग गरिएको पारवाहन सम्झौता ठुलो उपलब्धि हो जसको कारणले अहिले एमालेले यतिको सफलता पाएको हो तर अब ओलीलाई प्रधानमन्त्री हुन् नदिन भएको खेल र एमाले- माओबादी केन्द्रको एकताबारे विश्लेषक दाहालसंग गरिएको कुराकानी हेर्नुस ।

भिडियो हेर्नुहोस 

https://youtu.be/5r-iseNzf78