खोटाङ– ओखलढुंगामा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ। भाइ श्याम तामाङको कुटाइबाट सुनकोसी गाउँपालिका–२ टाँकीटारका ३० वर्षीय दुर्गाधन तामाङको मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेको अवस्थामा भएको सामान्य विवादका क्रममा कुटपिट हुँदा तामाङको बुधबार राती घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीचौकी पलापुले जनाएको छ।