बैतडी, १३ पुस। बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताका अनुसार १ बजेर ३० मिनेटमा बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरवाट ३० किमी उत्तर केन्द्रविन्दु भएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।