एमाले स्थायी समितिले सातै प्रदेशका प्रदेशसभामा छानिने सभासद्हरुको अन्तिम सूची निर्णय गरेको छ। यद्यपी सूचि भने सार्वजनिक भएको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको स्थायी समिति बैठकले सभासद्हरुको अन्तिम सूची तय गरेको हो। तह गरिएका सूचिमा अधिकाँश महिलाहरु रहेको बताइन्छ ।
एमाले नेता विष्णु रिमालका अनुसार शुक्रबार समानुपातिक सांसदको सूची निर्वाचन आयोगलाई बुझाइनेछ। ‘त्यसपछि यी नाम सार्वजनिक हुनेछन्,’ रिमालले भने। ७ वटै प्रदेशका समानुपातिक सूचि तयार पारिएको रिमालले जनाए ।










