भक्तपुर, १३ पुस । भक्तपुरकी सिर्जना सैंजु २७ बर्षमै सांसद बन्ने भाग्यमानी बनेकी छिन् ।

नेपाल मजदुर किसान पार्टीले सिर्जनालाई प्रदेश नम्बर ३ मा समानुपातिकबाट सांसद बनाएको हो। सात प्रदेशमध्ये ३ नम्बरमा मात्र नेमकिपाले समानुपातिकमा एक सिट पाएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेमकिपाको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भइसकेकी सिर्जनाको नाम नेमकिपाले बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।