झापा, पुष १३
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सरकार गठनका लागी एमालेलाई सहयोग गर्ने भएको छ । बाम गठबन्धनको सहयोगमा एक सिटमात्र जितेको राप्रपाले सरकार गठनमा एमालेलाई सहयोग गर्ने बताएको हो ।
राप्रपाका महामन्त्री तथा झापा–३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले सरकारमा जाने कुनै योजना नभएपनि एमाले नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने बताउनु भयो ।
झापाको बिर्तामोडमा बिहीबार आयोजित एक कार्यक्रममा महामन्त्री लिङ्देनले राप्रपालाई जनताले सरकारमा जानेगरी मत नदिएका कारण आफ्नो पार्टी सरकारमा नजाने बताउनु भयो ।
‘सरकार निर्माणमा एक सिटको महत्व के हुन्छ ? त्यो त ठूला दलको भूमिकाले निर्धारण गर्छ ।’ लिङ्देनले भने, ‘केपी ओली नेतृत्वमा सरकार बनोस् भन्ने जनताको म्यान्डेड हो । आवश्यक परे मेरो एक मत केपी ओलीलाई नै दिन्छु । तर, सरकारमा जान्नँ ।’










