काठमाडौं । नेपाली कांग्रेसले पनि प्रदेशसभा समानुपातिक सांसदको नामावली अहिले टुंगो लगाउने भएको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवारटामा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा बुझाउने नामावलीको टुंगो लगाउने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन आयोगले पठाएको पत्रअनुसार आज नै दलहरुले नामावली बुझाउनुपर्ने हुन्छ । समानुपातिकतर्फ प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दल रहेका छन् । उनीहरुलाई ७ दिनभित्र नामावली बुझाउन निर्वाचन आयोगले पत्राचारसमेत गरेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विवेकशील साझा, संघीय समाजवादी फोरम नेपाल लगायतका राजनीतिक दलले यसअघि नै नामावली टुंगो लगाइसकेका छन् ।