प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहँदा भारतीय राजदूत प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री देउवा र भारतीय राजदूत पुरीबीच भएको छलपल राजनीति विषय केन्द्रित रहेको थियो। नयाँ सरकार गठनको तयारी भइरहँदा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा भेट्न पुगेका भारतीय राजदूत करिब ३० मिनेटमा बालुवाटारबाट बाहिरिएका थिए।

राष्ट्रिय सभा गठनको विषयका कारण देखिएको राजनीतिक गतिरोध र निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक जारी छ।

कांग्रेसको बैठक चलिरहँदा सभापति एवं प्रधानमन्त्री देउवासँग भारतीय राजदूतको भेट र परामर्शको असर बैठकमा कस्तो पर्ला? यो चासोको विषय बनेको छ।