राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले प्रतिपक्षमा बसेर वामपन्थी नेतृत्वको सरकारलाई सघाउने बताएका छन् ।

वामपन्थीको सहयोगमा प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सांसद राजेन्द्र लिङ्देनले सरकार गठन प्रक्रिया अघि बढेपनि सदनमा आफ्नो पार्टीको एक सिट मात्र रहेकोले वामपन्थी नेतृत्वको सरकारलाई सघाएर अघि बढ्ने धारणा राखेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचित पछि झापाली पत्रकारहरुसँग विहीवार झापाको बिर्तामोडमा आयोजित धन्यवाद ज्ञापन दिर्दै लिङ्देनले भने, ‘एक सिटको स्वतन्त्र सांसदले गठन हुने नयाँ सरकारमा मन्त्री पदको आश नगरेको प्रस्टाए ।’ ‘मन्त्री भए मात्र विकास हुन्छ त्यो गलत धारणा रहेको उल्लेख गर्दै उनले भने, झापा ३ को विकास मन्त्री बिना पनि संम्भव हुन्छ र त्यो म गरेर देखाउँछु ।’ जनताले दिएको अभिमतलाई आफनो दायित्व ठानेर दक्षिणी झापाका सवै काममा आफनो विवेक पुर्याएर अघि बढ्ने उनले बताए ।

फरक प्रसंगमा पार्टी नेतृत्वको बिषयमा बोल्दै लिङदेनले भने, हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पार्टीले झापा बाहेक अन्य जिल्लामा विजय हासिल नगरेको विषयमा यही पुस १९ देखि २१ गते सम्म हुन गइरहेको केन्द्रीय कमिटीको समिक्षा बैठकमा थप कुरा हुनेछ ।

सोही बैठकमा पार्टीले गठित सरकारलाई कसरी सघाउने त्यस बारेमा पनि छलफल गरिने उनले बताए । लिङदेनले क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला पराजित गरेर पहिलो पटक सदनमा नेतृत्व गर्ने अवसरमा पाएका हुन् ।