ललितपुर। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएको बताएका छन्।

शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “हामीले जनताको बीचमा स्थिरताको प्रतिवद्दता व्यक्त गरेका छौं, विकासको प्रतिवद्दता गरेका छौं। त्यसलाई मैले शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै आएको छु। निर्वाचनमा हामीले जनताका बीचमा जे-जस्ता प्रतिवद्दता व्यक्त गरेका छौं, संकल्प गरेका छौं, त्यसलाई पूरा गर्छौं। अब देश शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौं।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“कतिपयलाई लाग्छ पनि होला, युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ। जसले युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाई नै शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ” प्रचण्डले भने, “अशोका पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धको सन्देश विश्वभर फैलाए। हाम्रो युद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो। अहिले हामी त्यही संकल्पमा छौं।”-रातोपाटीबाट