काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । उनले केही बेरअघि अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

राष्ट्रियसभाको निर्वाचन कुन विधिबाट गर्ने भन्नेमा राजनीतिक सहमति नजुट्दा विधेयक प्रमाणिकरणमा ढिलाइ भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसबीचमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गरेकी थिइन् ।

उक्त अध्यादेश सरकारले गत कात्तिक पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

अध्यादेश प्रमाणीकरण भएसँगै अब एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने बाटो खुलेको छ ।