बिहीबार बेलुकी ८ बजे पाम बिचस्थित आफ्नो मार–अ–लागो रिसोर्टमा लगातार तीन दिन गल्फ खेलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गरेः

‘पूर्वी भागमा यस पटकको नयाँ वर्ष तथ्यांकमा भएमध्येकै सबैभन्दा चिसो हुनसक्छ। सायद हामी त्यो पुरानो विश्वव्यापी तापक्रम वृद्धिलाई अलिकति प्रयोग गर्न सक्छौँ। अरु देशले होइन, हाम्रै देशले चाहिँ त्यही गर्मीबाट बच्नका लागि ट्रिलियन डलर तिर्न गइरहेको थियो।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यहाँ कुन ‘तर्क’ ले काम गरेको छ भन्ने कुरा थाहा पाउन सजिलो छः बाहिर यति जाडो छ भने विश्वव्यापी तापक्रम कसरी सम्भव छ?

यो त्यस्तै तर्क थियो, जसका कारण ओक्लोहामाका रिपब्लिकन सिनेटर जिम इनहोफले २०१५ को फेब्रुअरीमा सिनेटभित्र हिउँको डल्लो लिएर आएका थिए। तापक्रम वृद्धिको तर्कलाई खण्डन गर्न वातवरण समितिका अध्यक्ष पनि रहेका उनले हातमा हिउँको डल्लो खेलाउँदै भनेका थिए, ‘२०१४ अहिलेसम्मकै गर्मी वर्ष हो भन्ने हामीले सुन्दै आएका छौँ। मैले सभामुखलाई सोधेँ, यो के हो तपाईंलाई थाहा छ? यो यहीँ बाहिरपट्टिको हिउँको डल्लो हो। बाहिर निकै चिसो छ।’

तपाईं छक्क पर्नुभयो होला, तर यो भएकै घटना हो।