ललितपुर, पुस १४ । राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण बिष्ट र नेता भुवन प्रकाश बिष्ट माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।
शुक्रबार दिउँसो पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगी बिष्ट माओवादीमा प्रवेश गर्नुभएको हो। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपनामा साथ दिन आफू माओवादी केन्द्रमा आएको बिष्टले बताउनु भयो।
नवआगन्तुक नेताहरुलाई अध्यक्ष प्रचण्डले सादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो।










