सहबान अन्सारी / नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ स्थित रास्ट्रिय मा.बि छिबनिमा १ दिने शितलहर एवम जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा शितलहर एवम जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम मिना बाल क्लबकी अध्यक्ष रन्जना राजभरकाे अध्यक्षतामा तथा रास्ट्रिय मा.बि छिबनिकाे प्रधानाध्यापक माेति प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा १ दिने शितलहर एवम जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम अाज सम्पन्न गरिएको हो !

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा बाेल्दै चाैधरीकले शितलहर वायुजन्य प्रकाेप हाे । याे बिशेष गरी केटाकेटी ,बुढाबुढी,सुत्केरी,गर्भवती,अशक्त, अपाङ्ग ,कमजोर स्वास्थ्य रहेका र विरामी मानिसलाई चिसाेले बढी असर गर्दछ। त्यसकारण शितलहर चल्नु अगाडि नै न्यानो कपडा,गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ , र घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्नुपर्छ। साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्नेगरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक ,सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउनु पर्छ, साथै बन जंगल संरक्षण तथा बृक्षाराेपण गर्नुपर्छ ,अनावश्यक उर्जाकाे खपत नगर्ने साथ साथै जलवायु परिवर्तन र शितलहरकाे बारेमा सुसूचित हुने र अाफुले जानेको कुरा परिवारमा जानकारी गराउने भन्ने कुरामा जाेड दिनु भएको थियोे । ऊक्त कार्यक्रममा विध्यालयका कक्षा ७ का करिब ७५ जना बिद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।

कार्यक्रमकाे प्रशिक्षण बिकल्पका सामाजिक परिचालक उमेश बि.क र स्वास्थ्य परिचालिका कमला फुल्देलले गर्नु भएको थियोे ।