पर्सा । नेपाली काँग्रेस पर्साका पुर्व सभापति सुरेन्द्र चौधरीले हालै सम्पन्न भएको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन भुमिका निर्वाह गर्ने १४ जनालाई दश वर्षका लागि सधारण सदस्यता समेतबाट निस्कासन गर्न पार्टी केन्द्रिय तथा जिल्ला कार्यसमितिलाई सिफारिस गरिएको जानकारी दिएका छन् ।

विरगन्जमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नेता चौधरील पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा काँग्रेसका उम्मेदवारलाई हराउन विपक्षि पार्टीलाई मद्दत दिने र अन्य उम्मेदवारका लागि समेत खुलमखुल्ला भोट माग्दै हिडेका १४ जनालाई कार्वाहीको सिफारिस गरिएको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले क्षेत्रमा रहेका ४ सय भन्दा बढी क्रियाशील सदस्यहरुको उपस्थितीमा पुर्व जिल्ला अध्यक्ष राजेन्द्र बहादुर अमात्य सहित सहित १४ जनालाई कार्वाही गर्न सिफारिस गरिएको प्रस्ट पारे।

पुस ३ गते बसेको बैठकले राजेन्द्रबहादुर अमात्य,रामेश्व रौनियार, शम्भु चौहान,अर्सफि साह,मनोज यादव,मृतुन्जय(बब्लु) श्रीवास्तव,रामनरेश प्रसाद यादव, राजदेव प्रसाद यादव, भगवती प्रसाद चौधरी, दिनानाथ साह तेली, विध्याकान्त पाण्डे, बाबुलाल मेहता, साविर अंसारी र फजिल मियाँलाई दश वर्षकालागि निस्कासन गर्न सिफारिस गरिएको चौधरीले जानकारी दिए ।

उनले पार्टीको आधिकारीक उम्मेदवारलाई चुनाव हराउन भुमिका निर्वाह गर्नेहरुलाई पार्टीको विधान अनुसार कार्वाहीको सिफारिस गरेपछि सो तथ्यलाई बङ्गयाउने पत्रकार सम्मेलन गरी आफुलाई नै कार्वाही गर्न सिफारिस गरिएको भ्रमको खेति गरिएको बताए ।

‘उल्टा चोर कोतवालके डाटे ’ भन्ने उखानलाई चरितार्थ गर्दै प्रतिनिधी सभा निर्वाचनमा दाई जिताउन खुलेर लागेका रामश्वर रौनिया र क्षेत्र नं. ३ को क्षेत्रीय अध्यक्ष नै रहेका र क्षेत्र नं. ४ मा राजपाका नेता लक्ष्मणलाल कर्णका लागि भोट मागर्दै हिडने बब्लु श्रीवास्तब लगायते सर्वसाधारण संगै संचार माध्यम समेतलाई भ्रममा पार्ने षडयन्त्र गरेको चौधरीले दावी गरे।

क्षेत्र नं. ३ को क्रियाशील समेत नरहेका बब्लु श्रीवास्तब ३ नं.को क्षेत्रीय अध्यक्ष हुनै नसकिने विधानमा प्रस्ट व्यवस्था भएको जानकारी दिदै स्थानिय तह निर्वाचन वारे राय सुझाव तथा गुनास वारे लिखित वा मौखिक जानकारी दिन जिल्ला कार्य सिमितिले दिएको म्याद समेत समाप्त भएपछि सबैलाई भ्रमित गर्न रामेशवर रौनियात लगायतले पत्रकार सम्मेलनको नौटंकिमंचन गरेको दावी गरे। हाम्राकुरा बाट